बटेश्वरमा २६ वर्षपछि आयोजना सञ्चालनमा

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
धनुषा

किसानको खेतबारीमा सहज सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले धनुषाको नकटाझिजस्थित कृषि विकास आयोजनाले २०५३ सालमा सिँचाइ निर्माण गरेको धनुषाको बटेश्वर गाउँपालिका–२, भुइँचक्रपुरमा निर्माण भएको सिँचाइ आयोजना २६ वर्षपछि सोमबारदेखि सञ्चालनमा आएको छ ।
कृषि विकास आयोजनाले त्यसबेला सिँचाइ आयोजना सञ्चालन गर्न पक्की कुलो, डिप ट्युबवेल र विद्युत् जडान समेत गरिसकेको थियो ।

यस आयोजनाबाट यहाँका करिब ५० हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ । कृषि विकास आयोजना नकटाझिजका इन्जिनियर मनोजकुमार चौधरीले अलपत्र अवस्थामा रहेको यो सिँचाइ आयोजना स्थानीयवासीको सहयोगमा सञ्चालनमा ल्याउन सफल भएको बताए ।