आज्ञा सम्वाददाता
बर्दिवास
सोमबार (आज) दिउँसो बाट नेपाल प्रवेश गर्ने पश्चिमी न्युन चापीय प्रणालीका कारण सोमबार बेलुका र मंगलबार देशका धेरै स्थानहरुमा आंशिक देखि सामान्य बदलि रही पश्चिमी उच्च हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपात तथा पश्चिमी पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना छ।
यस प्रणालीका कारण बुधबार पनि देशका धेरै स्थानहरुमा बदलि रही उच्च हिमाली भू–भागमा मध्यम देखि भारी हिमपात तथा पहाडी र तराईका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।
यो प्रणाली शुक्रबार सम्मनै रहनेछ। बिहिबार र शुक्रबार देशभर सामान्य बदलि रही उच्च हिमाली भूभागमा हिमपात हुनसक्ने तथा केहि स्थानहरुमा वर्षा हुन सक्ने भएकोले सतर्क रहनु हुन अनुरोध छ । शनिबार बाट मौसममा सुधार देखिनेछ।
हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।
हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।
त्यसैगरी आज दिउँसो ः देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
त्यस्तै आज राती ः देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा उल्लेख छ।