दक्षिण अफ्रिकामा बाढी पहिरो : ४ सयको ज्यान गयो, हजारौं घरबारविहीन

[sharethis-inline-buttons]

एजेन्सी-
बर्दिवास, बैशाख ४ गते ।

दक्षिण अफ्रिकामा आएको बाढी र पहिरोमा परेर कम्तिमा चार सय जनाको ज्यान गएको छ । विपदबाट दशौं हजार नागरिक घरबारविहीन भएका सरकारी अधिकारीहरुले जनाएका छन् ।बाढी पहिरोमा परेर देशको दक्षिण पूर्वी क्षेत्रमा दर्जनौ मानिस हराइरहेका छन् ।

बाढीको पानीले दक्षिणपूर्वी तटीय सहर डरबानका केही भाग डुबानमा परेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।बाढीले सडकसहितका संरचना बगाएको छ भने अस्पतालमा समेत क्षति पुगेको छ। हजारौँ घर बाढीको चपेटामा परेका छन्।

दक्षिणपूर्वी क्वाजुलु–नाताल प्रान्तमा आपतकालीन सेवाहरू उच्च सतर्कतामा राखिएको छ । बाढीपछि उद्दार कार्य तीव्र पारिएको अधिकारीहरुले जनाएका छन्।