सप्तरीमा ट्याक्टर दुर्घटना ,चालकको मृत्यु अन्य दुई घाइते

[sharethis-inline-buttons]

आञा सम्वाददाता
सप्तरी
सप्तरीमा ट्याक्टर दुर्घटना हुदा चालकको मृत्यु भएको छ । अन्य दुईजना घाइते छन् ।

सप्तरीको रुपनी गाउँपालिका–५, मुसहरनिय बसबिटीमा ट्याक्टर दुर्घटनामा गम्भीर घाइते भएका चालक स्थानीय २८ वर्षीय रवीन्द्र यादवलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा पु¥याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार स्थानीय ७१ वर्षीय भरत यादव र उनका १७ वर्षीय नाति सुभाषकुमार यादवको रुपनीस्थित युनिक अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

खाडो खोलाको डिलबाट गहुँ लोड गरी बसपिटी गाउँतर्फ आउँदै गरेको स१त ५१ ५४ नम्बरको ट्याक्टर गए राति करिब साढे १० बजे नियन्त्रण गुमाएर दुर्घटना भएको सप्तरी प्रहरीले जनाएको छ ।