भारतको आसाममा विषालु च्याउ खाँदा १३ जनाको ज्यान गयो, ३५ जना बिरामी

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
काठमांडौ
भारतको आसामको चराइदेव, डिब्रुगढ, शिवसागर र तिनुसुकिया जिल्लामा विषालु च्याउ खाँदा १३ जनाको ज्यान गएको छ । ३५ जना बिरामी परेका छन् ।

गएको सोमवार चार जनाको र अस्ति मङ्गलवार नौ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । च्याउ खाएर बिरामी परेका ३५ जनाको उपचार भइरहेको छ ।

उनीहरुमध्ये दुई जनाको अवस्था गम्भीर छ । उनीहरुले सामान्य च्याउ सम्झेर खाएको बताएका छन् । उनीहरुलाई च्याउ खाएपछि पेट दुख्ने, वान्ता हुने जस्ता समस्या देखिएको समाचारमा उल्लेख छ ।