आज्ञा खबर
काठमांडौ
गृह मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद् बैठकले पुष्पराम केसीलाई सशस्त्र प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ । वरिष्ठतम एआईजी केसीलाई बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले महानिरीक्षकमा नियुक्त गरेको हो ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले चैत २८ गते अवकाश पाएपछि महानिरीक्षकको पद खाली थियो । केसी अब १७ दिन सशस्त्र प्रहरी महानिरीक्षकको कुर्सीमा रहने छन् । ३० वर्षे सेवा अवधिका कारण केसीले १९ दिनपछि अवकाश पाउने छन ।
एआईजी रामशरण पौडेल पनि केसीसँगै अवकाश जाने भएका छन । त्यसपछि सरकारले पुनः नयाँ महानिरीक्षक नियुक्त गर्ने भएको छ । वैशाख २० गते सशस्त्रमा कार्यरत डीआईजी राजु अर्याल सो संगठनको प्रमुखमा नियुक्त हुने भएका छन् ।उनले संगठनको नेतृत्व ४ वर्ष गर्ने छन । तीन डीआईजी प्रतिस्प्रर्धामा रहे पनि अर्याल निर्विकल्प उम्मेदवारको रूपमा रहेका छन ।