आज्ञा सम्वाददाता
बर्दिवास
हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। हाल देशको अधिकांश भूभागमा आंशिक बदली रहेको छ।
त्यसैगरी आज दिउँसो ः प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू–भागमा आंशिक बदली रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागहरूका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
त्यस्तै राती ः प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू–भागमा मौसम सामान्यता सफा रहने छ। प्रदेश १ को पहाडी भू–भागको एक–दुई स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। आगामी २४ घण्टामा प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागहरूका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन मौषम पुर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ।