आज्ञा सम्वाददाता
महोत्तरी
हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।
हाल देशको पहाडी भू–भागमा आँशिक देखि सामान्य बदली रहि बाँकी भू–भागमा आँशिक बदली रहेको छ।
त्यसैगरी आज दिउँसो ः प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू–भागमा आँशिक बदली रहने छ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागहरुका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
त्यस्तै आज राती ः देशका पहाडी भू–भागहरूमा आँशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आँशिक बदली रहनेछ। प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागहरुका एक–दुई स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको मौषम पुर्वानुमान महाशाखाको बुलेटिनमा उल्लेख छ।
आगामी २४ घण्टामा प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशका र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै पश्चिम तराईका भू–भागहरूमा हल्का तापक्रम बढ्ने क्रममा रहेको हुँदा आवश्यक सतर्कता अपनाउन हुन मौषम पुर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ।