बर्दिवास, चैत २६गते ।
अनिता भुजेल
हरेक मानिसलाइ आफनो भबिष्यको बारेमा जान्ने रहर हुन्छ ।आफ्नो शुरक्षित भबिष्यको लागी बर्तमान समयमा कठोर परिश्रम गर्छन । ताकी आफनो भविष्य शुखमयहोस । आफनो उज्वल भविष्यको चिन्ता जो कोहीलाइ हुन्छ जस्ले गर्दा मानिसले आफनो बुद्धिले भ्याए सम्मको कर्महरु गर्न थाल्छन । चाहे त्यो सकारात्मक कर्म होस या नकरात्मक जब भबिष्यको कुरा आउँछ तब मानिस आफनो र आफनो परिवारको बारेमा गहिरीएर सोच्न थाल्छ । र आफ्नो सुनौलो भविष्यको लागी जे गर्न पनि तयार रहन्छ ।
ग्रह दशा पन्साउन ,खड्गो कटाउन ,पुजापाठ ,भाकल गर्नु मन्दिर जानु कठोर तपस्या गनुको मुख्य उद्धेश्य नै आफनो उज्वल भविष्यको चिन्ता गर्नु नै हो ।यसै गरी म पनि आफनो भबिष्य थाहा पाउनको लागी गाउँको गन्यमान्य ज्योतिष बा कहाँ गए दस रुपैया लिएर ज्योतिष बाले तँ त एस एल सी मा साइन्स र म्याथ लागेर फेल हुन्छेस , त्यती मात्र होर सत्र बर्षमा नेवारसंग पोइल हुन्छेस भने , मेरो आयु ५० बर्ष तोकी दिय। ३५ बर्षमा ठुलो खडको छ रे पार गरे ५० बर्ष बाचिन्छ भन्थे । यस्तो भबिष्य थाहा पाए पछि म मरेतुल्य जस्तै भए ।
धेरै पढौला जागीर खाउँला असल मान्छे बनौला आमा बुवा पालौला भन्ने मेरो सपनामा पानी फिट्यो । बेकारमा हात हेराएछु नहेराएको भए यती टेन्सन त हुने थिएन जे हुन्थियो टथ्र्यो । त्यस दिन देखी म चिन्तामा डुब्न थाले । भबिष्यको चिन्ताले मलाई खान थाल्यो । ४५ के जी बाट म ३५ मा झरे मैले त म्याथ र साइन्स फेल हुन्छु भनेर पढ्न थालीसकेको थिए ।
भबिष्य जान्न खोज्नु मेरो लागी अभीश्राप जस्तै भयो । असारमा एस एल सी को रिजल्ट आयो म त हात हेराको हुनाले सियोर थिए की फेल हुन्छु भनेर तर म त पास भाको थिए । पास भाको खबर सुन्ने बितिक्कै म ज्योतिष बा कहाँ गय । उहाँको भबिष्यवाणी गलत साबित गर्नलाई तर ज्योतिष बा त बँसाइ सरेर गइसक्नु भएछ । पछि गाँउलेहरु बाट थाहा पाए की ज्योतिष बाले त बढी दक्षिणा दिनेको भबिष्य राम्रो बताउने र कम दक्षिणा दिनेको भबिष्य नराम्रो बताउने रहेछन कम दक्षिणा दिनेमा म पनि परेछु । हात हेर्न ५ सय ५१ रुपैया देखी ११ सय ५१ रुपैया सम्मको रेट हुदो रहेछ । हुनेले आरामले दिन्छन नहुनेले पनि खोजेर भए पनि दिन्छन ।
मलाई पनि ज्योतिष बा ले पहिले नै सिधै भनेको भए हुनिथियो दक्षिणा कम भयो भनेर त्यती भनेको भए म हात हेराउने र बिना काममा म तिन महिना सम्म चिन्तामा डुब्ने पनि थिइन ।निकै वर्ष पछि म राजधानी आए राजधानी छिरे पछि पशुपति को नजाला र ? पशुपतिमा पनि थुपै ज्योतिष बा लाई देखे एक जना ज्योतिष बा सबैको भिड भन्दा पर बस्नु भको थियो । किन हो निरास हुनुहुन्थियो । चाउरी परेका गाला धमिलो आखाँको नानी म नजिक गाको देखेर निरासलाइ पन्छाउन खोज्दै बस्नुस म हात हेरी दिन्छु भन्नुभयो ।
हात हेराएर बिजोक काटी सकेको थिए मैले ।त्यसैले फेरी त्यो बिजोगमा फस्न चाहन्नथे । र ज्योतिष बा लाइ पनि पहिलाको सब कुरा सुनाएर निरास बनाउन चाहन्नथे । कहिले देखी यहाँ बस्न थाल्नु भाको रु भनी सोधे झण्डै १६ बर्ष जति भयो । मैले भबिष्य बताका मानिसहरु संसार घुमेर आइुसके धेरै धेरै प्रगती तिर लम्की सके आफु भने जहाँको त्यहि छु । बरु आफनै भबिष्य अन्यौलमा छ । नानी त साहै भाग्यमानी छौ खै हात देखाउत भनेर हात हेर्न खोज्नु भा मैले हतार छ बा अहिले म जान्छु पछि आउला बरु यो दक्षिणा लि राख्नु भनेर १ सय ५ रुपैया छोडेर म हिडे । ज्योतिष बाले दक्षिणा पाए पछी नानीको जय होस जय होस भन्दै हुनुहुन्थियो ।
हुनत आफनो भबिष्यको बारेमा जान्न जो कोहिलाइ रहर हुन्छ । त्यसैले आफनो क्षमताले भ्याएसम्मका ज्योतिष कहाँ जान्छन आफ्नो भबिष्य पता लगाउन । पशुपति मन्दिर परीसर,रत्नपार्कका पेटी,अलि चलेका मन्दिर पार्टीपौवाका छेउछाउ, सडकका किनार देखी लिएर गाउँमा पनि घर चौतारामा गेरु बस्त्र लगाएर चिसो पेटीमा बोरा ओछ्याएर ग्राहकहरुको पर्खाइमा बसेका हुन्छन ज्योतिष बाहरु । धुलोधुँवाको केही प्रवाह नगरी । यसरी बषौदेखी अरुहरुकै भबिष्य र आयु बताइरहेका ज्योतिष बाहरुलाई आफनै भबिष्य के हो आफैलाइ थाहा हुदैन ।
जब आफनै भबिष्य थाहा छैन भने अरुको भबिष्यको बारेमा कसरी किटान गरेर भन्छन होला । जिबनको लामो समय बिती सक्यो त्यहि बोरा अनि चिसो पेटी यहि होत ज्योतिष बाहरुको शुन्दर भबिष्य ? फेरी ज्योतिषको कुरालाई आँखा बन्द गरेर बिश्वास गर्ने मानिसको कमी पनि देखिन आजको युगमा पनि । अब देखी परिश्रम गर्नुस तपाइको भबिष्य त्यतिकै उज्वल हुन्छ भनिदिनुस ज्योतिष बा तपाईले यती भनिदिनुभयो भने कमसेकम उनिहरुले परिश्रम गरेर आत्म निर्भर बनेर आफनो भबिष्य उज्वल त बनाउने थिए ।