अमेरिकाले पुटिनका छोरीहरुलाई समेत लगायो आर्थिक प्रतिबन्ध

[sharethis-inline-buttons]

एजेन्सी-

अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको परिवारका सदस्यहरुसहित थप नयाँ आर्थिक प्रतिबन्ध लगाएको छ । प्रतिबन्धमा पुटिनका दुई छोरीहरु पनि छन् ।अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुका अनुसार ह्वाइट हाउसले रुसका दुई ठूला बैंकहरु स्परबैंक र अल्फा बैंकलाई पनि प्रतिबन्ध लगाएको छ । अब यी बैंकहरुबाट अमेरिकासम्म रकम पुग्ने छैन । साथै कुनै पनि अमेरिकीले यी बैंकहरुबाट कारोबार गर्न सक्ने छैनन् ।

साथै अमेरिकाले प्रधानमन्त्री मिखाइल मिशुस्तिन, पूर्व राष्ट्रपति दिमित्री मेतभेदेव, रुसी विदेशमन्त्री सर्गेइ लाभरोभकी श्रीमती र बच्चाहरु, रुसी सुरक्षा परिषदका सदस्यहरु र रुसी राष्ट्रपति पुटिनका दुई छोरीहरुलाई पनि अमेरिकाले प्रतिबन्ध लगाएको छ ।ह्वाइट हाउसबाट जारी बयानमा राष्ट्रपति पुटिनका ‘दुई बालिग सन्तान’ भनेर उल्लेख गरिएको छ ।

यद्यपि नाम भने उल्लेख छैन । तर मिडिया रिपोर्टका अनुसार त्यो भनेको रुसी राष्ट्रपति पुटिनको पूर्वपत्नी ल्युडमिलाबाट जन्मिएका दुई छोरीहरु मानरिया वोरोत्सोभा र क्याटरिना तिखोनोभा हुन् ।