आज्ञा सम्वाददाता
बर्दिवास
हाल नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।
हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही देशको अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।
त्यसैगरी आज दिउँसो ः प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १ को पहाडी भू–भागका केही स्थानहरुमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक वा दूई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ।
त्यस्तै आज राती ः प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १ को पहाडी भू–भागका थोरै स्थानमा र गण्डकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा उल्लेख छ।
आज देशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना

© 2025: Aagya Khabar | All right reserved | Privacy Policy
Powered by: ProTech