आज्ञा सम्वाददाता
बर्दिवास
हाल नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।
हाल देशको प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशको अन्य भू–भागमा आंशिक बदली रहेको छ।
त्यसैगरी आज दिउँसो गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू–भागमा आंशिक बदली रहने छ। प्रदेश नं १ को पहाडी भू–भागका केही स्थानमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
त्यस्तै आज राती ः प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १ को पहाडी भू–भागका थोरै स्थानमा र गण्डकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आगामी २४ घण्टामा प्रदेश नं १ का पहाडी भूभागका केही स्थान तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको तथा तराईका भू–भागहरूमा हल्का तापक्रम बढ्ने क्रममा रहेको हुँदा आवश्यक सतर्कता अपनाउन हुन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ।