आज्ञा सम्वाददाता
धनुषा
धनुषामा मोटरसाईकल र पिकअप एक आपसमा ठोक्किदा मोटरसाईकल चालकको ज्यान गएको छ। ज्यान जानेमा रौतहटको चन्द्रपुर ५ निवासी बर्ष ५६ का शेर बहादुर राई रहेको ईलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ। उत्तर दक्षिण बिपि राजमार्ग अन्तरगत सिन्धुलीबाट बर्दिवास तर्फ आउँदै गरेको बा ५२ प ५१३० नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट आईरहेको प्र १—०२—००२ प ५२६३ नम्बरको पिकअप धनुषाको मिथिला नगरपालिका ११ बाहुनमारामा एक आपसमा ठोक्किदा राईको घटनास्थलमै ज्यान गएको हो। दुर्घटना पश्चात पिकअप चालक सुनसरी बरहा नगरपालिका ७ बस्ने बर्ष २५ का मनिस खत्री र पिकअपलाई प्रहरीले नियन्त्रणमालिई आवश्यक अनुसन्धान गरीरहेको जनाएको छ।