निर्वाचन आयोगमा लफडा ?

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
काठमांडौ
मंगलबार निर्वाचन आयोगमा दलका प्रतिनिधि र आयोगका कर्मचारीबीचको भनाभनपछि साना राजनीति दलहरुले निर्वाचन आयोगको निष्पक्षतामाथि प्रश्न उठाएका छन् उनीहरुले आसन्न स्थानीय तह निर्वाचन निष्पक्ष हुनेमा आशंका व्यक्त गरे ।
सोही क्रममा दलका प्रतिनिधि र आयोगका कर्मचारीबीच चर्काचर्की भएको थियो । निर्वाचन आयोगले ७९ राजनीतिक दललाई आचारसंहिता पत्रमा हस्ताक्षर गर्न बोलाएको थियो ।
‘राजनीतिक दलका प्रतिनिधिले हस्ताक्षर गरेर मात्र हुँदैन । केही गुनासा पनि सुन्नुपर्छ भन्ने कुरा आयो । दलको गुनासो आयोगले दिनुपर्दथ्यो । त्यो नभएपछि विवाद भएको हो ।’ नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले सञ्चारकर्मीसँग भने,
प्रमुख निर्वाचन आयुक्त निदेश थपलियाले ‘छलफलका लागि पछि बोलाउँछु’ भने पनि आफूहरुले हस्ताक्षर गरेको उनको भनाइ छ । यस्तै एक अर्का दलका प्रतिनिधिले निर्वाचन आयोगले निष्पक्ष निर्वाचन गराउन नसक्ने बताए । ‘निर्वाचन आयोगले निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउँदिन भन्यो । यस्तो भन्न पाइन्छ ?,’ उनको प्रश्न छ, ‘यो निर्वाचन आयोगले निष्पक्ष चुनाव गराउन सक्दैन । निर्वाचन आयोगले निष्पक्ष चुनाव गराउनेमा म विश्वस्त छैन ।’
साना पार्टीलाई चुनाव चिन्ह दिएकाले अन्तिमा सहमति जनाउनु तयार भएको बताए । यस्तै नेपाल समावेशी पार्टीका अध्यक्ष मोतिलाल भारती पाँच पेजको आचारसंहिता नपढेर हस्ताक्षर गरेर जानु भनेपछि विवाद भएको बताए ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेल हस्ताक्षरका लागि मात्र बोलाइएकाले छलफलको माग गर्दा समस्या आएको बताए ।
पौडेलले भने। आचारसंहितामा केही कमी कमजोरी होलान् । आगामी दिनमा सच्याउँदै पनि गइन्छ । तर आज छलफलको कार्यक्रम होइन । उहाँहरुले कुरा बुझ्नु भएन ।’

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...