जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

आज्ञा सम्वाददाता
महोत्तरी
२२ वर्षीय एक युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा महोत्तरीको गौशला प्रहरीले २८ वर्षीय एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वर नगरपालिका वडा नम्बर ८ बस्ने संतोष महतो रहेका छन्।

गत चैत्र १३ गते ४ बजेर ४० मिनेटमा महोत्तरीको बर्दिवास वडा नम्बर १ बजारबाट ति युवतीलाई ललाई फकाई गरी मोटरसाईकलमा चढाएर महोत्तरीको गौशला नगरपालिका १ सागरनाथ बन बिकास परीयोजनाको जंगलमालगी जबरजस्ती करणी गरेको अभियोग पिडित युवतीले लगाएकी छिन।

घटनापछि पिडित पक्षको जाहेरीको आधारमा संतोषलाई प्रहरीले पक्राउ गरेको र उनी माथी थप अनुसन्धान प्रारम्भ गरिएको ईलाका प्रहरी कार्यालय गौशलाले जनाएको छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...