एजेन्सी
अमेरिकाको क्यालिफोर्नियामा गोली चल्दा ६ जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् ।क्यालिफोर्निया राज्यको राजधानी सेक्रामेन्टोको रेष्टुरेन्ट र बारहरु रहेको व्यस्त इलाकामा स्थानीय समय अनुसार आइतबार बिहान गोली चलेको थियो ।
गोली चलेपछि प्रहरीले पनि जवाफी कारबाही गरेको थियो ।घटनामा संलग्नको पहिचान नभएको रअनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।अमेरिकामा गोली काण्डबाट हरेक वर्ष करिब ४० हजार जनाको मृत्यु हुने गरेको छ । यसमा आत्महत्याको संख्या पनि संलग्न छ ।