आज्ञा संवाददाता
धनुषा,
धनुषाको मिथिला नगरपालिकामा वडास्तरीय फुटबल प्रतियोगीता हुने भएको छ ।ढल्केवरस्थित रहेको प्रतिभा युवा क्लबको आयोजना तथा मिथिला नगरपालिकाको आर्थिक सहयोगमा ढल्केवरमा पहिलो पटक वडास्तरीय फुटबल प्रतियोगीता हुन लागेको हो ।
प्रतियोगीता चैत २० गतेदेखि २७ गतेसम्म चल्ने आयोजक क्लबका सदस्य देवराज घिमिरेले जानकारी दिए ।
उनका अनुसार उक्त फुटबल प्रतियोगीता मिथिला नगरपालिका–७ को वडाकार्यालय पछाडी रहेको फुटबल ग्राउण्डमा हुने तय भएको छ ।