आज फिफा विश्वकपको ‘ड्र’ हुँदै

[sharethis-inline-buttons]

एजेन्सी –

यसैवर्ष एसियाली राष्ट्र कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ को ‘ड्र’ आज (शुक्रबार) हुँदैछ । विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) अनुसार विश्वकपको ‘ड्र’ आयोजक राष्ट्र कतारको दोहामा स्थानिय समयअनुसार ४ बजेपछि हुनेछ । कतार विश्वकपको लागि हालसम्म आयोजक कतारसहित २९ राष्ट्र छनोट भइसकेका छन् ।

छनोट हुनेमा कतार, जर्मनी, डेनमार्क, ब्राजिल, फ्रान्स, बेल्जियम, क्रोएसिया, स्पेन, सर्विया, इंग्ल्यान्ड, स्वीट्जरल्यान्ड, नेदरल्यान्ड्स, अर्जेन्टिना, इरान, दक्षिण कोरिया, जापान, साउदी अरेविया, इक्वेडर, उरुग्वे, क्यानडा, घाना, सेनेगल, पोर्चुगल, पोल्यानड, ट्युनिसिया, मोरोक्को, क्यामरुन, अमेरिका र मेक्सिको रहेका छन् ।

अब (वेल्सविरुद्ध स्कटल्यान्ड युक्रेन) (जुनमा प्ले अफ), अष्ट्रेलिया र युएई विरुद्ध पेरु (जुनमा अन्तर्राष्ट्रिय प्ले अफ) र कोस्टा रिकाविरुद्ध न्युजिल्यान्ड (जुनमा अन्तर्राष्ट्रिय प्ले अफ) बाट तीन टोलीले विश्वकपमा स्थान बनाउनेछ । विश्वकप खेल्ने ३२ टोलीमध्ये २८ टोलीलाई चारमध्ये एक पटमा राखिनेछ ।

कतार आयोजक राष्ट्रका रुपमा शीर्ष वरियताका सातौसम्मको टोली रहने पट १ मा हुनेछ । आठौं देखि १५औं वरीयतासम्मका टोलीहरु पट २ मा हुनेछ । १६औं देखि २३औं वरीयतासम्म टोली पट ३ मा तथा २४ देखि २८ सम्मका टोली पट चारमा हुनेछ । यो पटमा अन्तरमहादेशीय छनोट र युइएफएका प्लेअफका टोलीहरु रहनेछन् ।