रेल्वेमा नेपाली यात्रुले भारत सम्म जान आफ्नो परिचय खुल्ने कागजपत्र बोक्नुपर्ने

[sharethis-inline-buttons]

अमज्ञा सम्वाददाता
जनकपुरधाम
शनिबार उदघाटन हुन लागेको नेपालको एकमात्र रेल सेवा जयनगर जनकपुर रेल्वेमा नेपाली यात्रुले भारत सम्म जानको लागि आफ्नो परिचय खुल्ने कागजपत्र बोक्नुपर्ने जनाएको छ ।
यात्रुले भारतसम्म जानको लागि नेपाली नागरिकले केही कागजातहरु साथमा राखे मात्र प्रवेश दिने पाँचवटा कागजातमध्ये पहिचान पत्र बोक्नुपर्ने जनाएको छ ।

सुरक्षा र खुल्ला बोर्डरलाई मध्यनजर गर्दै नेपाली नागरिकले रेलको माध्यमबाट यात्रा गर्दा जारी गरिएको पासपोर्ट वा नेपाली नागरिकताको प्रमाणपत्र अनिवार्य रुपमा राख्न भनिएको छ ।
रेलमा यात्रा गर्नको लागि नेपाली भनेर परिचय खुल्ने गरी वैद्यानिक नेपाली परिचयपत्र अनिवार्य राख्नुपर्ने नियम लागू गरिएको छ । नागरिकता भएको व्यक्तिले नागरिकता बोक्न आग्रह गरिएको छ ।