एमसीसीको बिरोधमा पाटीवाट अलग भएका महोत्तरीका माओवादी नेताहरु पार्टीमै फर्किए

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
महोत्तरी
एमसीसीको बिरोध गर्दै पाटी परित्याग गरेका माओवादीका जिल्ला संयोजक सहितका नेताहरु पुनः माओवादी केन्द्रमा नै फर्किएका छन ।

माओवादी केन्द्र महोत्तरीका संयोजकसहित प्रदेश तथा जिल्ला स्तरिय नेता कार्यकर्ताहरुले एमसीसी अनुमोदनमा पाटीले भुमिका खेलेको भन्दै पार्टी परित्यागको घोषणा गरेका थिए । माओबादी केन्द्रका प्रदेश इन्चार्ज गणेश साहले प्रेस बक्तब्य नै जारी गरेर पाटीमा नै बसी बहस गर्न अपिल गरेपछी पार्टीवाट अलग भएका नेताहरुले सहमत जनाएका हुन ।

पाटीभित्रको मतभेद र विवादको बिषयमा अन्तरपाटी बहस र छलफलवाट हल गर्न, पाटी पदतीअनुरुप आफ्नो बिचार राख्न सुरक्षित रहेको हुनाले जिम्मेवारीमा क्रियाशिल रहन इन्चार्ज साहले अपिल गरेका थिए ।

पाटीवाट अलग भएको घोषणा गरेका नेताहरु तुलसी ढुङगना, राम वहादुर राणा, बैधनाथ यादव, राजन ढुङगना, उर्मिला कार्की लगायतका नेताहरुले पाटीमा नै कृयाशिल हुने प्रतिबद्धता जनाएका छन । माओवादी केन्द्रिय समितिको बैठकले एमसीसीका बिषयमा पाटीभित्र रहेका मतभेदहरुलाइ सम्वोधन गर्न फोरम संचालन गर्ने निर्णय गरिसकेको छ ।