आज मधेश प्रदेश, बागमती ,गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
बर्दिवास
हाल देशमा भारतको विहार आसपासमा रहेको न्युन चापीय प्रणाली र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।
हाल देशको पहाडी भू–भागमा सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

त्यसैगरी आज दिउँसो ः प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश लगायत गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
त्यस्तै आज राती ः प्रदेश १ लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ का पहाडी भु–भागका थोरै स्थानहरु र गण्डकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टामा प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश लगायत गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले र तराईका भू–भागहरुमा हल्का तापक्रम बढ्ने क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन सबैमा मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।