एजेन्सी-
रुसी उपरक्षामन्त्री अलेक्जेन्डर फोमिनले आफ्ना फौजले किभ र चेर्निभ आसपासको क्षेत्रमा सैन्य गतिविधि घटाउन तयार रहेको बताएका छन् ।रुसी वार्ताटोलीका प्रमुख भ्लादिमिर मेडिनस्काइले टर्कीको स्तानबुलमा युक्रेनी अधिकारीहरूसँग अर्थपूर्ण वार्ता भएको बताइरहेका बेला उपरक्षामन्त्री फोमिनको भनाइ आएको हो ।
‘आजको अर्थपूर्ण छलफलपछि हामी सहमत भएका छौँ र समाधानको प्रस्ताव राखेका छौँ । जसअनुसार सन्धि सुरु गर्दै राष्ट्र प्रमुखहरूको बैठक विदेशमन्त्रीहरूसँग एकैसाथ गर्न सम्भव छ’, मेदिन्स्कीले भने ।प्रमुख रुसी वार्ताकारले अगाडि थपे, ‘शान्तिको सम्भावना धेरै नजिक हुनेछ ।’