आज्ञा सम्वाददाता
सिरहा
प्रतिबन्धित लागूऔषधसहित सिरहा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले गोलबजार नगरपालिका–५ को ३२ वर्षीय अरूणकुमार साहलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गोलबजारको प्रमुख प्रहरी निरीक्षक राजु केसीले जानकारी दिए। प्रहरीलेविशेष सूचनाको आधारमा घरमा लुकाईछिपाइ राखेको लागु औषध ६ सय थान ट्याब्लेट नाईट्राभेट र इन्जेक्सनसहित साहलाई पक्राउ गरेको हो। घटनाको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
लागूऔषध सहित एक युवक पक्राउ

© 2025: Aagya Khabar | All right reserved | Privacy Policy
Powered by: ProTech