आज देशको पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
बर्दिवास
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।
अहिले प्रदेश १ लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली रहेको छ।
त्यसैगरी आज दिउँसो ः प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली रहने छ। प्रदेश १ का पहाडी भूभागहरूका थोरै स्थानहरु तथा बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।
त्यस्तै आज राती ः प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा उल्लेख छ।