मधेसमा बढ्दै छ चुनावी गर्मी

[sharethis-inline-buttons]

जनकपुर —

मधेसमा यतिबेला  शीर्ष नेताको निरन्तर दौडधुपले राजनीति  तातिएको छ । चुनावको मुखमा दलहरूले पार्टी प्रवेश, प्रशिक्षण र भेलामार्फत चुनावी गतिविधि बढाएका छन् । मधेसमा कार्यकर्ता जोगाउन दलहरूलाई हम्मे परिरहेको छ । राजनीति दलका शीर्ष नेताहरूले नै मधेस झरेर चुनावी माहोललाई सक्रिय बनाइदिएका छन् ।

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा टिकटका लागि लबिइङ गर्ने क्रम पनि तीव्र भएको छ । एक महिनायता प्रायः सबै दलका शीर्ष नेता मधेस झरिसकेका छन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा वीरगन्जमा दुई कार्यक्रममा सहभागी भए । उनले कांग्रेसको आन्तरिक चुनाव सकिएकाले स्थानीय चुनावमा केन्द्रित हुन निर्देशन दिए ।

मधेसमा १ सय ३६ स्थानीय तह छन् । मधेस मामिलाका जानकार मिश्रले भने, ‘मधेसमा बढी मत व्यक्तिकेन्द्रित हुन्छ । ऊ जता गयो, उसका मतदाता त्यतै हिँडिदिन्छन् । यसले चुनावका बेला राजनीतिक दौडधूप तेज हुन्छ ।’