आज्ञा सम्वाददाता
महोत्तरी
पार्टीको निर्देशनविपरीतका क्रियाकलापमा सहभागी भएको भन्दै महोत्तरीको एकडारा गाउँपालिकाकी उपाध्यक्ष महजबी खातुन पार्टीबाट निकालिएकी छन् । लोसपामा आबद्ध उनलाई पार्टीले कारबाही गरेको छ । महोत्तरी जिल्ला कार्यसमितिले बिहीबार विज्ञप्ति जारी गर्दै उपाध्यक्ष खातुनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको जनाएको छ ।
पार्टीको निर्देशनविपरीतका क्रियाकलापमा सहभागी भएको भन्दै जिल्ला अनुशासन समितिको सिफारिसमा कार्यसमितिले उपाध्यक्ष खातुनलाई पार्टीबाट निष्कासन गरिएकोे लोसपा महोत्तरीका अध्यक्ष रामबाबु साहले जानकारी दिए ।
जसपा फुटेपछि उपाध्यक्ष खातुनले लोसपा रोजेकी थिइन् । उनी पुनः जसपामै फर्कने तयारी गरेको स्रोतले जनाएको छ ।
महोत्तरीको एकडारा गाउँपालिका उपाध्यक्ष खातुन पार्टीबाट निष्कासित
© 2024: Aagya Khabar | All right reserved | Privacy Policy
Powered by: ProTech