सर्लाहीबाट लागुऔषध सहित एक भारतीय युवक पक्राउ

[sharethis-inline-buttons]

आज्ञा संवाददाता

    सर्लाही

सर्लाहीमा लागुऔषध सहित एकजना भारतीय युवक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला मधुवनी ग्राम पोष्ट बिरौल थाना खजौली वडा नं १३ का २४ वर्षीय उमेश कुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

बुधवार राति करिब ८ बजे जिल्लाको पर्सा गाउँपालिका–६ स्थित प्रहरी चौकी पर्साबाट खटेको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा प्रदेश ३–०२–०११ प ७०३२ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा सिंहलाई पक्राउ गरिएको प्रवक्ता माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।
सिंहको साथबाट लागुऔषध कोडिवेल सय एमएलको १ सय बोतल र डाइलेक्स डिसी ५० बोतल बरामद गरिएको प्रवक्ता बुढाथोकीले जानकारी दिए ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...