मुख्यमन्त्री राउतका पिताको नाउँमा रहेको खानेपानीको लाईन काटियो

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
बीरगंज
मुख्यमन्त्री लालबाबु राउतका पिता दशरथ राउत गद्दीको नाउँमा रहेको खानेपानीको १ लाख ६३ हजार २ सय १६ रुपैयाँ बक्यौता रकम नतिरेर कालोसुचिमा परेको हुनाले
नेपाल खानेपानी संस्थान वीरगन्ज शाखाले मधेश प्रदेशका मुख्यमन्त्री लालबावु राउतको पिताको नाममा रहेको खानेपानीको लाईन काटेको छ ।

वीरगञ्ज स्थित तेजारथ टोलमा रहेको राउतको निजी निवासमा खानेपानी संस्थान वीरगन्जले सूचना जारी गरी खानेपानी संस्थानलाई तिर्नुपर्ने बक्यौता रकम नतिरेपछि कालो सूचिमा राखी लाइन काटिएको उल्लेख गरेको छ ।
वीरगञ्जका अधिकांश नेता र ठूला व्यवसायीहरुले खानेपानी संस्थानको महसुल नतिरी पानी उपभोग गरिरहेको खानेपानी संस्थानको तथ्यांकबाट देखिन्छ । खानेपानीको महसुल बक्यौता रहेकाहरुको सूचना प्रकाशन गर्दै लाइन काटिने संस्थान वीरगन्जका शाखा प्रमुख निरण महर्जनले बताए।