आज्ञा सम्वाददाता
बिराटनगर
प्रधानमन्त्री शेरबहादुर देउवा आज मोरङ जाने भएका छन् । मोरङको सुन्दरहरैंचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास र अस्पताल उदघाटनका लागि जान लागेका हुँन।
प्रदेश १ का डीआईजी अरुणकुमार बीसीका अनुसार आज बिहान ९ बजे सुन्दरहरैंचामा प्रधानमन्त्री देउवा जानेछन् । शिलान्यास र नगर अस्पताल उदघाटन कार्यक्रमपछि प्रधानमन्त्री देउवा पाँचथर र खोटाङ पनि पुग्नेछन् ।
आइतबार लेटाङमा स्थानीयको आक्रमणबाट एकजना प्रहरी जवानको मृत्यु भएको थियो । स्थिति नियन्त्रणमा लिन सोमबार बिहानैबाट लेटाङको चार किल्लामा कर्फ्यु जारी भएको छ । लेटाङसँग सीमा जोडिएको पालिकामा प्रधानमन्त्री पुग्ने भएकाले सोही अनुसारको सुरक्षा प्रबन्ध मिलाइएको प्रहरीले जनाएको छ।
प्रधानमन्त्री देउवा आज मोरङ जाँदै

© 2025: Aagya Khabar | All right reserved | Privacy Policy
Powered by: ProTech