गिरिजाप्रसाद कोइरालाको १२औँ स्मृति दिवस आज मनाइँदै

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
काठमाडौ
नेपाली कांग्रेसका पुर्ब सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १२औँ स्मृति दिवस आज मनाइँदैछ ।

२ हजार ३ सालमा विराटनगर जुटमिलमा मजदुर आन्दोलनको अगुवाइ गरेर राजनीतिको चर्चामा आएका कोइराला पाँच पटकसम्म नेपालको प्रधानमन्त्री बनेका थिऐ । २०५३ सालमा नेपाली कांग्रेसको सभापतिमा भएका कोइराला तीन कार्यकालसम्म कांग्रेसको सभापतिमा कार्यरत थिए।

२०६२÷६३ को जनआन्दोलन मार्फत संसद् पुनःस्थापना गराउन, बृहत् शान्ति सम्झौता मार्फत् माओवादी जन युद्धको अन्त्य गराउन र संविधान सभाको निर्वाचनमार्फत् सङ्घीय लोकतान्त्रिक गणतन्त्र सुनिश्चित गर्न कोइरालाको योगदान रहेको थियो।

२०६३ साल जेठ ४ गतेको प्रतिनिधि सभा घोषणापछि कोइरालाले अन्तरिम राष्ट्रप्रमुखको भूमिका समेत निर्वाह गगरेका। कोइरालालाई शान्तिप्रक्रिया र संविधान निर्माण प्रक्रियाका सुत्रधार मानिन्छ । उनकै नेतृत्वमा २०६५ जेठ १५ गते नेपालबाट २४० वर्षको इतिहास बोकेको शाह वंशीय राजसंस्थाको अन्त्य भइ नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रका रूपमा स्थापित भएको थियो । कोइरालाको २०६६ साल चैत ७ गते निधन भएको थियो।

कोइरालाको स्मरणमा आज नेपाली कांग्रेस, यसका भ्रातृ,शुभेच्छुक संघ ,संस्थाले विविध कार्यक्रम गरीे १२औँ स्मृति दिवस मनाउँदै छन् ।