किसानले उखु खेती छोडेपछि चिनी मिल बन्द

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
रौतहट
यस वर्ष रौतहटमा उखु उत्पादन आधा नै घटेको छ । उखुको रकम भुक्तानीमा ढिलाइ र चिनी मिल नै बन्द भएपछि यहाँका किसानले उखु खेती छोडेपछि उत्पादन घटेको हो ।
रौतहटको मध्यभागमा रहेको श्रीराम सुगर मिल्स गत वर्षदेखि बन्द छ ।
अर्को कटहरिया नगरपालिकामा रहेको बाबा बैजुनाथ चिनी मिल भने गत वर्षदेखि नै सञ्चालनमा छ तर उखु उत्पादन घटेको कारण मिलको लक्ष्य पूरा हुन सकेको छैन। २० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको बैजुनाथ चिनी मिलले यस वर्ष छ लाख क्विन्टलको हाराहारीमा क्रसिङ गरेको मिलका सञ्चालक बैजुबाबराले बताए ।

उखु अभावका कारण मिल सिजन अवधिभर नचलेपछि लक्ष्य पूरा हुन नसक्दा घाटा बेहोर्नुपरेको उनको गुनासो छ।