कपिलवस्तु,चैत ३ गते । नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणले एमसिसि परियोजनाका कारण अमेरिकी सेना नेपाल आउन नसक्ने बताउनुभएको छ ।
कपिलवस्तुको बाणगंगा नगरपालिका जितपुरमा लागेको १२ औँ कपिलवस्तु महोत्सवको समुद्घाटन गर्दै गृहमन्त्री बालकृष्ण खाँणले एमसिसि परियोजनाबाट विद्युत् र सडकको परियोजनाको लागि मात्र रहेकोले सेना आउने प्रसङ्ग नरहेको स्पष्ट पार्नु भयो
अनुदानकै कारण जनमानसमा नेपालमा अमेरिकी सेना आउने भ्रम रहेको भन्दै कुनै पनि देशको सेना आएमा आफू अग्रपङ्क्तिमा बसेर लड्न समेत तयार रहेको मन्त्री खाँणले बताउनुभयो । महोत्सवमा सम्बोधन गर्दै मन्त्री खाँडले परियोजनाले देशको आर्थिक गतिविधिलाई उजागर गर्ने दाबी गर्नुभयो ।
उहाँले जलस्रोतको धनी मुलुक नेपालमा ठुला र साना गरी ६ हजार नदी भए पनि जलविद्युत पुरा उत्पादन गर्न नसकेको बताउनुभयो । वर्षा याममा धेरै विद्युत् उत्पादन भई खेर जाने समस्या छ हिउँदमा नपुगेर भारतबाट ल्याउनु पर्ने बाध्यता रहेको जनाउनु भयो ।
नेपालमा उत्पादन भएको विद्युत् बाहिर विक्री गर्न सकिएमा व्यापार घाटा कम हुन सक्ने बताउनुभयो । उहाँले सरकारले आम नागरिकलाई विद्युतको खपत बढाउन मूल्य घटाउन तयार रहेको बताउनुभयो । उहाँले पेट्रोलियम पदार्थको उपभोग घटाउनको लागि विद्युत् उत्पादन र प्रयोग गर्नुको विकल्प नरहेको बताउनुभयो ।
अहिले नेपालमा महँगाई बढेको चर्चा गर्दै रुस र युक्रेनको युद्धको कारणले इन्धनको मूल्य बढेको बताउनु भयो । इन्धनको मूल्य बढ्यो भन्दैमा व्यवसायीले गोदाममा रहेको स्टक सामानको मूल्य वृद्धि नगर्न आग्रह गर्नुभयो ।
महोत्सवमा बोल्दै नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले स्वदेशमा उत्पादन भएका सामाग्रीले महोत्सवमा स्थान पाउने हुँदा स्थानीय उत्पादनको खपत बढ्ने बताउनुभयो ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य बलराम अधिकारीले महोत्सवले कपिलवस्तुको उद्योग तथा पर्यटनको विकासमा टेवा पुग्ने बताउनुभयो । कपिलवस्तु महोत्सव चैत्र ३ गते देखि १३ सम्म चल्ने छ ।

द पब्लीक टुडे: