बर्दिबास मेयर गोल्डकप फुटबलको आज भएको खेलमा सहलेसले तालतलैयालाई शुन्यको बिरुद्ध ५ गोलले पराजितगरी फाईनलमा प्रबेश

[sharethis-inline-buttons]

सृष्टि क्षेत्री
बर्दिवास
महोत्तरीको बर्दिवासमा भईरहेको प्रथम बर्दिबास मेयर गोल्डकप फुटबलको पाँचौ दिनको आज भएको खेलमा सहलेस सिरहा विजयी भएको छ । सहलेस सिरहाले बिपक्षी टिम सुसरीको तालतलैयालाई शुन्यको बिरुद्ध ५ गोलले पराजितगर्दै बिजय हासिल गरेर फाईनल खेलमा प्रबेश गरेको हो।

खेलको पहिलो हाफको ३१ औ मिनेटमा सहलेस सिरहाका जर्सी नम्बर ९ का आर्मनले पहिलो गोल गरेर खेलमा आफ्नो टिमलाई पहिलो अग्रता दिलाएका थिए। त्यसैगरी खेलको ३१ मिनेटमा सोहि टिमका जर्सी नम्बर १७ का रुपक लामाले दोश्रो गोल गरेर खेललाई रोमाञ्चक बनाएका थिए त्यस्तै खेलको मध्यान्नपछी ५७ औ मिनेटमा सहलेसकै रुपक लामाले पुनह गोलगरी खेललाई उत्साह जनक बनाएका थिए।


खेलको ६३ औ मिनेटमा र ६६ मिनेटमा आर्मनले सुसरीको तालतलैयामाथी पुनह गोल प्रहार गर्दै आफ्नो टिमलाई बिजयको नजिक पुर्याएका थिए। खेलको ७४ औ मिनेटमा सहलेसकै जर्सी नम्बर १४ का रितिक खड्काले सानदार गोल गरी आफ्ना टिमलाई सानदार जित गराउन सफल भएका थिए

आज भएको रोमाञ्चक खेलमा सिरहाको सहलेसका ह्याट्रिक गर्नै जर्सी नम्बर ९ का खेलाडी आर्मन म्यान अफ द म्याच घोषित भएका छन्। उनलाई आयोजक नगर खेलकुद विकास समितिले २ हजार ५ सय नगद र ट्रफी प्रदान गरिएको समितिका अध्यक्ष विष्णु बम्जनले जानकारी दिए ।