आज्ञा सम्वाददाता
सप्तरी
नेकपा माओवादी केन्द्रका नेता मातृकाप्रसाद यादवले चुनावका लागि आफ्नो शक्तिलाई बलियो बनाउनुपर्ने बताएका छन । प्रेस सेन्टर सप्तरीले शनिबार राजविराजमा आयोजना गरेको पत्रकार भेटधाट कार्यक्रममा नेता यादवले विगतमा गठबन्धनको सरकार हुँदा पनि पार्टीहरु अलग अलग तरिकाले चुनावमा गएको भन्दै उनले निर्वाचनमा गठबन्धन भन्दा पनि आफ्नो तागतमा भरोसा गर्नुपर्ने बताए । आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेरै गएपनी ‘आफ्नो तागत छैन भने गठबन्धनले पनि केही हुँदैन’ उनले भने ‘साथीहरुले गठबन्धनमा जोड दिइरहनुभएको छ । तर आफ्नो तागतमा जोड दिएर गठबन्धनमा ध्यान दिनु जरुरी छ ।’
प्रधानमन्त्री शेर वहादुर देउवा इमान्दार भए गठबन्धनमा नै चुनावमा जाने र इमान्दार नभए चुनावमा गठबन्धन नहुन पनि सक्ने नेता यादवको भनाइ छ ।
पार्टीभित्र अवसरवादीहरुको प्रवेशले पार्टी कमजोर बनेको स्वीकार्दै नेता यादवले कम्युनिष्ट आन्दोलनमा देखिएको संकटप्रति सबै संवेदनशील बन्नुपर्नेमा जोड दिए।