सन् २०२१ मा विश्व कार्वन उत्सर्जन दुई अर्ब मेट्रिक टनले वृद्धि

काठमाडौं

विश्व ऊर्जा एजेन्सी (आईईए) का अनुसार गत वर्ष सन् २०२१ मा विश्वमा ३६ अर्ब ३० करोड मेट्रिक टन (३६.३ गिगाटन)कार्वनडाइअक्साइडको उत्सर्जन भएको छ ।एजेन्सीका अनुसार सन् २०२० मा भन्दा गत वर्ष विश्वमा कार्वन उत्सर्जनमा ६ प्रतिशतले वृद्धि भएको यो । कार्वन उत्सर्जनको यो परिमाण अहिलेसम्मकै उच्च हो । सन् २०२१ मा विश्व कार्वन उत्सर्जन सन् २०२० को भन्दा दुई अर्ब मेट्रिक टनले वृद्धि भएको छ ।

कोभिड–१९ महामारीबाट विश्व अर्थतन्त्र सशक्त रुपमा बाहिर निस्किँदै गरेको र आर्थिक वृद्धिका लागि आवश्यक ऊर्जाको उत्पादनका लागि कोइलाको दहन अत्यधिक भएको हुँदा कार्वन उत्सजर्नले नयाँ कीर्तिमान कायम गरेको एजेन्सीको भनाइ छ ।कूल कार्वन उत्सर्जनमध्ये ४० प्रतिशत अर्थात् १५ अर्ब ३० करोड टन कोइलाको खपतबाटै निस्किएको छ । त्यस्तै ७ अर्ब ५० करोड टन प्राकृतिक ग्यासबाट र १० अर्ब ७० करोड टन पेट्रोलियम पदार्थको दहनबाट निस्किएको छ ।

जेन्सीका अनुसार विश्वस्तरमा कार्वन डाइअक्साइडको उत्सर्जनको मामिलामा चीन सबैभन्दा अगाडि छ । सन् २०१९ देखि २०२१ सम्ममा चीनको कार्वन उत्सर्जनमा ७५ करोड मेट्रिक टन वृद्धि भएको छ । सन् २०२० र २०२१ मा आर्थिक वृद्धि हासिल गर्ने चीन एक्लो मुलुकको रुपमा रह्यो ।विश्वको कार्वन उत्सर्जनमा चीनको हिस्सा ३३ प्रतिशत रहेको छ । चीनले सन् २०२१ मा ११ अर्ब ९० करोड टन कार्वन उत्सर्जन गरेको छ ।
–एजेन्सी

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...