आज्ञा सम्वाददाता
बर्दिवास
महोत्तरीको बर्दिवासमा बुधवार देखि शुरु खेलमा पहिलो मेयर गोल्डकप फुटबल प्रतियोगितामा तालतलैया सुनसरी विजयी भएको छ । विजय क्लबले बिपक्षी हेटौडालाई ०–३ गोलले पछि पार्दै विजयी भएको हो । बुधबारबाट शुरु भएको मेयरकप चैत २ गतेसम्म चल्ने नगर खेलकुद विकास समितिले जनाएको छ । विहिबार प्रतिभा युवा क्लब गोलबजार सिराहा र गाईघाट ११ उदयपुरबिच रोमान्चित खेल हुने आयोजक खेलकुद विकास समितिका अध्यक्ष विष्णु बम्जनले जानकारी दिए ।
आज दिउ“सो ४ बजेबाट शुरु भएको प्रतियोगिताको २० मिनेटमा तालतलैयाले पहिलो गोल गर्दै उत्साह जनक खेल प्रदर्शन गरेको थियोे । खेलको ३५ मिनेटमा दोश्रो गोल गरेर खेलको मध्यान्तर अगावै ०–२ गोलले विजय युथ क्लबलाई पछि पार्न सफल भएको थियो ।
खेलको मध्यान्न पछी पुनह ७५औ“ मिनेटमा तेश्रो गोल गर्दै तालतलैयाले आफ्नो बिजय सुनिश्चित गरेको थियोे । आज भएको खेलमा तालतलैया सुनसरीका जर्सि नम्बर ६ का खेलाडि हेमन्त थापा मगरले म्यान अफ द म्याच घोषित भएका छन् । म्यान अफ द म्याच संगौ मगरले २५ हजार नगद सहित ट्रफि हात पारे भने जिजय युथ क्लब भने पराजय भएर खेलबाट बाहिरिएको छ ।
यो प्रतियोगिता २० लाख ३७ हजार ५ सय ५० रुपैया बर्दिवास नगरपालिकाको युवा तथा खेलकुद बिकास समितीको बजेटबाट भएको हो । प्रतियोगितामा प्रथम हुने खेलाडिलाई २ लाख,दोश्रोलाई १ लाख पुरस्कार प्रदान गरिने आयोजकले घोषणा गरेको छ ।