पार्टीमा व्यक्तिवादी प्रवृत्ति अन्त्य हुनुपर्छ नेता श्रेष्ठ

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
काठमाडौ
माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ प्रकाशले पार्टी भित्र पछिल्लो चरण देखापरेका अन्तरसंघर्षलाई थाती राखेर निर्वाचनको तयारीमा जुट्न अपिल गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बागमती प्रदेशद्धारा आयोजित राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता श्रेष्ठले पार्टीमा सांस्कृतिक तथा वैचारिक विचलन देखा पर्ने देखि माओवादी नेता कार्यकर्ताहरु गठबन्धन हुन्छ र चुनाव जित्छ भनेर ढुक्क भएर बसेकाले पार्टी ठुलो दुर्घटना हुनसक्ने भन्दै सजक गरेका छन् ।

उनले एमसिसी लगायत राष्ट्रिय मुद्दामा पार्टी भित्र आफ्नो फरक मत रहेपनि निर्वाचन नजिकिँदै गरेकाले यसको विवादले निर्वाचनमा असर पर्ने भन्दै उनले एउटा जिवन्त कम्युनिष्ट पार्टी भित्रको वैचारिक मतभेदलाई लिएर कोही तरंगित नहुन अनुरोध गरेका छन् । ‘हर संघर्षको मोर्चामा हाम्रो पार्टी क्रान्तिकारी पार्टी निर्माणको बाटोमा जान जरुरी छ । भन्दै पार्टी विधि र पद्धतिमा जोड दिनुपर्छ, पार्टीमा व्यक्तिवादी प्रवृत्ति अन्त्य गर्नु पर्छ । दलाल तथा नोकरिशाही वर्गलाई परास्त गर्दै क्रान्तिकारी पार्टी निर्माण गर्नुपर्नै कुरामा जोड दिए।