सुमोले मोटरसाइकलमा ठक्कर दिँदा याएक बालकसहित दुईजनाको ज्यान गयाे

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
महोत्तरी
सुमोले मोटरसाइकलमा ठक्कर दिँदा महोत्तरीमा एक बालकसहित दुईजनाको ज्यान गएको छ ।

ज्यान जानेमा मोटरसाइकल चालक महोत्तरीको गौशाला नगरपालिका २ बस्ने वर्ष २२ का संजित मण्डल र सम्सी गाउँपालिका १ पर्सा बस्ने प्रबोध मण्डलका छोरा १२ वर्षीय धिरज मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

सोमबार साँझ साढे ७ बजेको समयमा औरही नगरपालिका ४ कठुधार स्थित माईस्थान सम्सी गौशाला सडक खण्डमा सम्सीबाट गौशाला तर्फ आउँदै गरेको अनटेस्ट मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको प्र.२(०२(००१ च.०८४१ नम्बरको सुमो ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक युवक संजित र पछाडि सवार बालक धिरज गम्भीर घाइते भएका थिए ।

दुबैजनालाई उपचारको लागि जलेश्वर अस्पताल लगिएको थियो । त्यहाँ चिकित्सकले दुबैजनालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।घटना विषयमा थप अनुसन्धान भइरहेको छ।