युक्रेनबाट ५ सय ३३ जना नेपालीको सुरक्षित उद्धार

[sharethis-inline-buttons]

काठमाडौ
युक्रेनबाट ५ सय ३३ जना नेपाली सुरक्षित रूपमा युक्रेन नजिकैका छिमेकी देशमा पुगेको परराष्ट्रमन्त्री नारायण खड्काले बताएका छन्। मन्त्रालयमा सोमबार आयोजित पत्रकारसम्मेलनमा बोल्दै उनले भारतको उद्धार टोलीको सहयोगमा नेपालीलाई युक्रेनबाट बाहिर निकालिएको बताए। यसको समन्वय जर्मनीको बर्लिनमा रहेको नेपाली दूतावासले गरेको थियो।

उद्धार गरिएकाहरू मध्ये ४ सय २७ जना पोल्यान्ड र बाँकी अन्य देशमा सुरक्षित पुगेको सरकारसँग तथ्यांक छ।

‘भारतकै सहयोगमा उद्धार गर्न सकियो। यसका लागि भारत सरकारलाई धन्यवाद छ।’
‘भारत सरकारलाई हामीले उद्धारका लागि पत्रमार्फत अनुरोध गरेका थियौं,’ परराष्ट्रमन्त्री खड्काले भने,

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...