आज्ञा सम्वाददाता
महोत्तरी
महिला सम्मानको आधार, सीपयुक्त हात र स्वरोजगार’ भन्ने मूलनाराका साथ आज १ सय १२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विविध कार्यक्रम गरेर मनाइँदै छ।
हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने थालिएको हो ।
सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सेक्रेटरी भइन् । त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको शिकागो सहरमा महिलाहरूले समान अधिकारको माग लिएर महिलाहरूले हड्ताल र विशाल जुलुश प्रदर्शन गरे ।
महिला हक अधिकारको माग गर्दै भएको आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रुपमा आजको दिनलाई महत्वपूर्ण दिनको रुपमा लिने गरिएको छ ।
क्लारा जेट्किन सन् १९१० मा कोपेनहेगेनमा महिलाहरूको द्वीतीय अन्तर्राष्ट्रिय सम्मेलनमा जर्मनी मार्क्सवादी नेतृ क्लारा जेट्किनले ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउने प्रस्ताव राखिन् र त्यो प्रस्ताव पारित भएपछि सन् १९११ देखि विश्वभरिका महिलाहरूले ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको रूपमा मनाउन थालेका हुन् अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा महोत्तरीका बिभिम्म महिला संगठन तथा सरकारी गैर सरकारी संघ संस्थाले बिबिध कार्यक्रम गरी मनाउँदै छन।