काठमाडौं ।
बलिउड अभिनेता अमिताभ बच्चन नेपाल लाई धेरै माया गर्छन र नेपाल भनेपछि हुरुक्कै हुन्छन् । नेपालप्रति उनको सदासयता विभिन्न अवसरमा देख्न सकिन्छ । भूकम्पछि उनले नेपालीको पीडामा मल्हम लगाउन लामो ब्लग पनि लेखेका थिए ।अमिताभका पिता हरिवंश राय बच्चन कुनैबेला नेपालका लागि भारतीय राजदूत समेत थिए ।
बुबाको काठमाडौंको पोस्टिङको बेलादेखि अमिताभमा नेपालप्रति विशेष लगाव छ । गएराति अमिताभले इन्स्टाग्राममा नेपाली ढाकाटोपी लगाएको तस्वीर सेयर गर्दै नेपाली प्रशंसकको मन जित्ने प्रयास गरेका छन् । ‘केटीको केटीको’ क्याप्सनसहित उनले नृत्य गर्न लागेको तस्वीर सेयर गरेका हुन् ।अहिले नेपालसँग सीमा जोडिएको भारतको उत्तराखण्डमा छायांकन भइरहेको बलिउड फिल्म ‘उचाइ’को सुटिङ सेटमा अमिताभले नेपाली ढाकाटोपी लगाएको हुनसक्ने अनुमान गरिएको छ ।