मिथिलाको सभ्यता र संस्कृति गौरवपूर्ण भएको मुख्यमन्त्री पोखरेलको भनाई

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
बर्दिवास
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मिथिलाको सभ्यता र संस्कृति अनुपम र गौरवपूर्ण भएको बताएका छन् ।
मधेश प्रदेशको भ्रमणको दोस्रो दिन आइतबार महोत्तरीको बर्दिबास स्थित गौतम होटलमा होटल तथा पर्यटन ब्यवसायी संघ मधेश प्रदेश ले गरेको स्वात कार्यक्रमलाई सम्वोधन गर्दै पोखरेलले मधेश धार्मिक पर्यटनको केन्द्र रहेको बताए । मुख्यमन्त्री पोखरेलले सम्वोधनको क्रममा भने “मैले मधेश प्रदेशका प्राचीन मिथिलाका धार्मिकस्थलहरुलाई नजिकबाट अवलोकन गरें”, “यहाँ धार्मिक पर्यटन विकासको प्रचुर सम्भावना रहेछ ।” जनकपुरधामका जानकी मन्दिर, राममन्दिर, मणिमण्डप, जनक मन्दिर र धनुषाधामको अवलोकन गरेका मुख्यमन्त्री पोखरेलले शनिबार जनकपुरधामदेखि कुर्थासम्म रेलयात्रा गरेको रमाइलो अनुभव सुनाए ।

उनले संसारका सबै ठाउँमा अतिथि सत्कारको परम्परा भए पनि मिथिलाको भने विशिष्टता रहेको प्रस्ट पारे । “रेल पछिल्लो समयमा थुप्रै नेपालीको मनमा रहेको सपना छ, अब चाँडै आम जनताले यो सेवा पाउने सम्भावना देखें”, मुख्यमन्त्री पोखरेलले भने, “मधेशमा अन्न उत्पादन, पशुपालनसँगै धार्मिक पर्यटन विकास गर्नसके समृद्धि प्राप्त हुने अवस्था छ ।” विदेहराज जनकको कर्मभूमि, याज्ञवल्क्य, गार्गी सहितका विद्वान, विदूषिको तपोभूमि हुनुको गर्विलो इतिहास मधेशसँग रहेको उनले स्मरण गरे । मुख्यमन्त्री पोखरेलले बर्दिबास–५ स्थित श्री टुटेश्वरनाथ महादेव मन्दिरको दर्शन र बाराको गढीमाई मन्दिर अवलोकन पनि आजै गरेकाछन । मुख्यमन्त्री पोखरेल सोमबार गण्डकी फर्कने छन ।
मधेश प्रदेश सरकारको निमन्त्रणामा शनिबार पोखरा–जनकपुर हवाई यात्राको शुभारम्भ गर्दै मुख्यमन्त्री पोखरेल जनकपुर आइपुगेका हुँन।