आज्ञा सम्बादाता
काठमाडौं –
आगामी बैशाख ३० गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रुप दिने प्रक्रिया अघि बढाएको छ ।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले विभिन्न ठाउँबाट सङ्कलन भएका नामावलीहरु जिल्ला जिल्लामा पठाइसकिएको बताए । उनले अव जिल्लाले प्रिन्ट गरेर ती नामावलीहरु एक–एक कपी वडा कार्यालयमा सार्वजनिक गर्नका लागि पठाउने बताए ।
त्यहाँ नामावलीबारे दावी विरोध हुने उनले भने ।नामावलीमा विवरण छुट्ने, बिग्रने, दोहोरिने, मृत्यु भएका मानिसहरूका नाम हटाउने लगायतका काम स्थानीय तहले गर्ने उनले बताए ।यस्तै, मतदाता नामावली दर्ता गर्दा जिल्ला फरक भएमा नाम, थर, उमेर लगायतका त्रुटि भएमा सच्याउने काम स्थानीय तहले गर्ने सहायक प्रवक्ता आर्यालले बताए ।
वडाबाट यसरी विवरण शुद्धीकरण भएपछि जिल्ला निर्वाचन कार्यालयमा नामावली पुग्ने उनले बताए । त्यस लगत्तै जिल्ला निर्वाचन कार्यालयले गल्ती सच्याएर निर्वाचन आयोगमा अन्तिम विवरण पठाउँछ । अन्यमा जिल्लाबाट आएका नामावलीलाई प्रक्रिया पु-याएर आयोगले अन्तिम मतदाता नामावली तयार गरी सार्वजनिक गर्नेछ । आयोगले चैत्र १० गते अन्तिम नामावली प्रकाशन गर्ने योजना बनाएको छ ।सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।शिरिष न्युज