आज्ञा सम्बादाता
काठमाण्डौँ
पशुपतिमा शिवरात्रिलाई लक्षित गरी पशुपति मन्दिर क्षेत्रलाई फूलमालाले सिंगारेर आकर्षक बनाएको छ ।देशका बिभिन्न स्थानदेखि भारतबाट समेत दर्शनार्थीहरु पशुपति आएका छन् । करिब ३५ सय साधुसन्त र नागाबाबाहरु पनि पशुपतिमा आएका कोषले जनाएको छ ।
पशुपतिमा आएका दर्शनार्थीहरुलाई हात धुने र स्यानिटाइजरको व्यवस्था मिलाइएको छ ।भिडभाड व्यवस्थापनका लागि पुरानो बानेश्वर, चाबहिल, तिलगंगादेखि कालोपुलसम्मको क्षेत्रबाट सवारी साधन प्रवेश निषेध गरिएको छ ।यसैगरी पुरानो बानेश्वर, भिमसेनगोला, सिनामंगलसम्मको बाटोबाट पनि प्रवेश निषेध गरिएको छ । धोबिखोलातर्फ रातोपुल, कालोपुल, सिफलसम्म र चाबहिल, गौरीघाट लगायत क्षेत्रबाट पनि पशुपति क्षेत्र प्रवेशमा रोक लगाइएको छ ।
पशुपति क्षेत्रको भिड व्यवस्थापन गर्न र सुरक्षा प्रवन्ध मिलाउन प्रहरी, स्काउटका स्वयंसेवक, सादा पोशाकका सुरक्षाकर्मी लगायतका टोली परिचालन गरिएको छ । प्रहरी उपरीक्षकको कमाण्डमा ११ स्थानमा सब-कमाण्ड पोष्ट स्थापना गरी तीर्थयात्रीको सुरक्षा व्यवस्थापन मिलाइएको कोषले जनाएको छ ।