एसीसी आजै अनुमोदन गर्न व्याख्यात्मक टिप्पणीसहित गठबन्धन सहमत

[sharethis-inline-buttons]

आज्ञा सम्बाददाता
काठमाडौं 

सत्ता गठबन्धनको आइतबार बिहान बसेको बैठकमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) व्याख्यात्मक टिप्पणीसहित संसदबाट अनुमोदन गर्नेमा सहमत जुटेको छ ।यो आजै पारित हुने बताइएको छ ।

सत्ता गठबन्धनको सबै दलमा एमसीसीमा शंका रहेका विषयमा टिप्पणी गर्दै एमसीसी संसदबाट अनुमोदन गर्ने निर्णय भएको नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए ।बैठकपछि पत्रकारसँग बोल्दै पौडेलले एमसीसी नेपालको संविधान अनुरुप लागू हुने पनि बताए ।

यो विशुद्ध विकास परियोजना भएको र अमेरिकाको सैन्य रणनीति नभएको उनको भनाइ छ । व्याख्यात्मक टिप्पणीमा यो इण्डोप्यासिफिक रणानीति अन्तर्गतको होइन र यो नेपालमा नेपालको संविधान नै सर्वोपरी हुन्छ र यसलाई विकास सहयोग हो भन्ने मात्र हामी बुझ्छौंं भन्ने कुरा समावेश गरी सो बारेको छलफल पछि एमसीसीको दस्तावेजसँग राखेर सरकारले पेश गर्ने र त्यसलाई अनुमोदन गरिने बताए। पहिलो सत्रमा छलफल हुने र दोस्रोसत्रमा पारित हुने उनले बताए ।