मधेश प्रदेश : प्रहरीको जवाफी कारबाहीमा एक गाँजा तस्करको मृत्यु

[sharethis-inline-buttons]

मधेश प्रदेशमा प्रहरीको गोली लागेर एक गाँजा तस्करको मृत्यु भएको छ ।

बाराको सिम्रौनगढ नगरपालिका–२ महुयाहीमा गोली लागेर परिचयन नखुलेका एक भारतीय गाँजा तस्करको मृत्यु भएको बताइएको छ ।

गस्ती टोलीलाई लक्षित गरी तस्करले एक राउन्ड गोली चलाएपछि आत्मरक्षाका लागि प्रहरीले चलाएको गोली लागि नाम नखुलेका ती गाँजा तस्करको मृत्यु भएको प्रहरीको दावी छ ।

बुधबार राति सात÷आठ जनाको समूहमा पाँच पाकेटमा ७५ किलो गाजा नेपालबाट भारततर्फ लगिरहेको सूचना पाएपछि प्रहरीको टोली त्यसतर्फ गस्तीमा जाँदै गर्दा सो घटना भएको हो ।

भारतीय नागरिकलाई कम्मरमा गोली लागि घाइते भई उपचारका लागि कलैया अस्पताल ल्याएकामा निजको राति १ बजेर ३० मिनेटमा मृत्यु भएको प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए ।

प्रहरीको जवाफी फायरपछि तस्करले गाँजा छाडेर भाग्दै गर्दा एक जना भारतीयलाई प्रहरीको टोलीले पक्राउ गर्न सफल भएको प्रहरी प्रवक्ता थापाले बताए ।

उनका अनुसार पक्राउ पर्नेमा भारत विहार मोतिहारी जिल्ला ग्राम पञ्चायत पिप्रा निवासी ४० वर्षीय हृदयेश गिरी रहेका छन् । मृतकको शव प्रदेशिक अस्पतालमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

साभार : टुडे पाटि