एमसीसीको विरोधमा प्रदर्शन गरिरहेका प्रदर्शनकारीले पाँच प्रहरीलाई कुटपिट गरेका छन् । बुद्धनगरस्थित एक कपडा पसलको सटर थुनेर कुटपिट गरेका हुन् ।
प्रदर्शनकारीले प्रहार गरेको ढुंगाबाट बच्न पसलभित्र लुकेका उनीहरूलाई कुटपिट गरिएको बताइएको छ ।
सो क्रममा पसलमा तोडफोडसमेत भएको छ । पसल सञ्चालिका पनि घाइते भएकी छन् । उनको औँलामा चोट लागेको छ ।
उनका अनुसार प्रदर्शनकारीहरूले प्रहरीलाई चारैतिरबाट घेरेका थिए । ‘थोरै सटर खोलेका थियौं, पाँच जना प्रहरीलाई प्रदर्शनकारीले घेरेपछि उहाँहरू सटर तानेर भित्र पस्नुभयो,’ पसल सञ्चालिकाले भनिन्, ‘प्रदर्शनकारीहरूलाई रोक्न खोज्दा मलाई पनि चोट लागेको छ ।’
एमसीसीविरुद्धको प्रदर्शनका क्रममा प्रहरी र केही आन्दोलनकारी पनि घाइते भएका छन् ।
साभार: mahottaripost.com.np