बर्दिवास,६ फागुन
अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विषयमा घरेलु राजनीतिक दल विभाजित भइरहँदा विश्वका प्रमुख शक्ति राष्ट्रहरु अमेरिका र चीन नेपाल मामिलामा खुला रुपमा प्रतिक्रियात्मक भएर आएका छन् ।
बेइजिङमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा चिनियाँ परराष्ट्र मन्त्रालयले एमसीसीमार्फत् अमेरिकाले नेपालमा ‘धम्की कुटनीति’ सुरू गरेको आरोप लगाउँदै आफूले प्रतिरोध गर्ने चेतावनी दिएको छ। चिनियाँ परराष्ट्र प्रवक्ता वाङ् वन पिनले भने, ‘अमेरिकाले नेपालसँगको सहकार्यको नाममा ‘धम्की कुटनीति’ सुरू गरेको छ। यसको चीनले प्रतिरोध गर्नेछ।’नेपालमा एमसीसीको विषयले राजनीतिक ध्रुविकरण बढ्दै गएको समयमा चीनले पहिलो पटक औपचारिक रुपमा धारणा सार्वजनिक गरेको हो ।
चिनियाँ परराष्ट्र प्रवक्ताको धारणाा आउएकै समयमा शुक्रबार नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले पनि ट्विट गर्दै एमसीसीको विषयलाई लिएर हिंसा भड्काउने कुरा स्वीकार्य नहुने धारणा सार्वजनिक गरेका थिए ।सामाजिक सञ्जाल ट्वीटरमा दूतावासको आधिकारिक अकाउन्टबाट ट्वीट गर्दै राजदूत बेरीले लोकतन्त्रमा शान्तिपूर्वक आफ्नो विचार राख्ने छुट सबैलाई भएपनि हिंसा भड्काउने विचारहरु भने स्वीकार्य नहुने बताएका हुन् ।
एमसीसी सदनमा दर्ता भएपनि अघि बढेको छैन । एमसीसीको विषयमा चाँडो निर्णय लिन अमेरिकी दबाब बढ्दै गएको छ । त्यसै विषयलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवाको दौडधुप पनि बढेको छ । सत्ता गठबन्धनका नेताहरु यही विषयमा विभाजित भएका छन् । सत्ता गठबन्धन नै धरमरमा परेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली कांग्रेस संसदमा टेबुल गर्ने पक्षमा रहेका छन् अन्य सत्ता साझेदार दलहरुले सम्झौतामा संशोधन हुनुपर्ने बताउँदै आएका छन् ।
विश्वका प्रमुख शक्तिहरु नेपालमा एमसीसी परियोजनाको विषयमा मुखर भएर आउँदा यो विषयलाई झनै जटिल बन्न पुगेको छ । एमसीसी सम्झौताको विरोधमा राजधानीसहित विभिन्न स्थान विरोध प्रदर्शन भएको छ । काठमाडौैस्थित अमेरिकी दुतवासाले भ्रम फैलाएको भन्दै त्यसविरुद्ध अभियान सुरु भएको छ ।चीनका लागि पूर्व नेपाली राजदूत राजेश्वर आचार्यले नेपालको आन्तरिम मामिलामा आन्य देशहरुले चासो राख्नु गम्भीर भएको बताए । इ कान्तिपुर