बर्दिवास, फागुन ५ गते ।
सत्तारुढ चार दलका शीर्ष नेताहरुको बैठक विना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसको बैठकमा दुई घण्टा एमसीसीका विषयमा छलफल हो ।
एमसीसीबारे निर्णायक छलफलका रुपमा हेरिएको बैठकको विना निष्कर्ष टुंगिएको छ । शुक्रवार विहान ९ बजे फेरि बैठक बस्नै गरि आजको बैठक सकिएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए ।
अमेरिकी सहयोग परियोजना एमसीसीबारे सहमति खोज्न बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बोलाइएको संसद बैठकमा एमसीसी टेबल गर्ने प्रस्ताव गरेका थिए ।
तर माओवादी केन्द्रले संसदको अवरोध हट्नुपर्ने पुरानै अडान दोहोर्याएको छ ।द पब्लिक टुडे