‘डिस्को किङ’ भनेर चिनिने बप्पी लहरीको ६९ वर्षको उमेरमा निधन

[sharethis-inline-buttons]

४ फागुन, काठमाडौं ।

भारतका लोकप्रिय गायक तथा संगीतकार बप्पी लहरीको ६९ वर्षको उमेरमा निधन भएको छ । उनको मंगलबार राति ११ बजेतिर मुम्बईको क्रिटी केयर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

अस्पतालका चिकित्सक दीपक नामजोशीका अनुसार बप्पी पछिल्लो एक महिनादेखि बिरामी थिए । उनलाई १८ दिनसम्म आईसीयूमा राखेर प्यारामिटर सामान्य भएपछि सोमबार मात्रै डिस्चार्ज गरिएको थियो ।उनी गत वर्ष कोरोना भाइरसबाट समेत संक्रमित भएका थिए ।

‘डिस्को किङ’ भनेर चिनिने बप्पीका ‘आई एम अ डिस्को डान्सर’, ‘यार विना चैन कहाँ रे’, ‘तम्मा तम्मा दे दे’ लगायतका गीत निकै चर्चित छन् । उनको पछिल्लो बलिउड गीत चलचित्र ‘बागी ३’को ‘भंकस’ हो ।

प्पीको जन्म २७ डिसेम्बर १९५२ मा पश्चिम बंगालको जलपाइगुडीमा भएको थियो । बप्पी लहरीको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदी, राजनीतिक दलका नेता, संगीतकर्मी, चलचित्रकर्मी लगायतले शोक व्यक्त गरेका छन् ।